३० कार्तिक २०८३, सोमबार

शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि नछाड्न शान्ति समाजको आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रिय अस्मितामाथि गम्भीर घात भएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजले नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेतासहित जो कोही संलग्न भएपनि उनीहरुलाई कानुन सम्मत कारबाहीको सुनिश्चितता गर्न आग्रह गरेको छ । अहिलेसम्म भएको छानबिन एवं घटनाक्रमले यस प्रकरणमा शीर्ष राजनीतिज्ञहरु सहित उच्च पदस्थहरुको संलग्नता भएको पुष्टि हुँदै गएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्तिहरु रहस्यमय तवरमा गायव हुनुले राजनीतिक संरक्षण भएको देखिन्छ भने प्रमुख दलका शीर्ष नेताहरुको अस्वभाविक दौडधुपले अनुसन्धान प्रक्रियालाई असर पार्ने संभावना प्रवल देखिएको छ ।’

शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन/अनुसन्धान गरी गहिराइमा छानबिन गर्न माग गर्दै समाजले दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।

‘शरणार्थी प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाज निन्दा गर्दछ । ’ विज्ञप्तिमा भनिएको छ ।