१ कार्तिक २०८३, शनिबार

विश्व मिक्स बक्सिङमा नेपालका आयुब र रुपेशलाई स्वर्ण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिए ।

विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका वडा ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामा लगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।