
सिरहा, २६ वैशाख । सिरहाको गोलबजार नगरपालिका–४ स्थित होटलमा आगलागी हुँदा १५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार ग्याँस लिक हुँदा आगलागी भएको थियो । जोगी साहले सञ्चालन गरेको होटलमा मंगलबार बिहान तीन बजे आगलागी भएको थियो ।
आगो फैलिँदा होटलमा रहेका ग्याँस सिलिन्डर पड्किएका थिए । आगलागीबाट होटल रहेको घर र घरभित्र सबै सामग्री जलेर नष्ट भएका छन् । घर नजिकै रहका अन्य तीन टहरा पनि जलेर नष्ट भएका छन् । आगलागीबाट करिब १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द लिम्बुले जानकारी दिएका छन् ।
बिहान ३ बजे लागेको आगोलाई इलाका प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण मिलेर ५ बजे नियन्त्रणमा लिएको पनि उनले बताए । उनले भने, ‘ग्याँस लिक भयो । त्यसैमा आगोको झिल्कोले टिप्यो । आगो फैलियो । सँगै ग्याँसका सिलिण्डर राखिएका थिए । त्यसमा पनि आगो सल्कियो । सिलिण्डर विस्फोट भए । मानवीय क्षति भने भएको छैन् । १५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको अनुमान छ । घटनाको अनुसन्धान हुँदैछ । होटलसँगै अन्य घर पनि थिए । आगो त्यहाँ पनि फैलियो । बिहान तीन बजे लागेको आगो नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण खटिएका थिए । बिहान ५ बजे आगो नियन्त्रणमा आयो ।’
आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ भने मानवीय क्षति भने भएको छैन् ।












प्रतिक्रिया