
काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताएका छन् ।
सोमबार कानुन दिवसको अवसरमा शुभकामना दिँदै उनले मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्ः
शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारीता बढ्दै गएको छ । राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको हो । मुलुकलाई सहीबाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौ । कानून दिवसले हामी सबैलाई त्यस मार्गमा अघि बढ्न प्रेरित गरोस् । कानून दिवसको उपलक्षमा हार्दिक शुभकामना ।












प्रतिक्रिया