३० कार्तिक २०८३, सोमबार

एमालेको सचिवालय बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २८ गते देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ ।

यसअघि झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएकाले बैठक काठमाडौंमा सारिएको एमालेले जनाएको छ ।

गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।