३० कार्तिक २०८३, सोमबार

रमेशजंग रायमाझीको अभिव्यक्ति रेकर्डबाट हटाउन एमाले सांसद श्रेष्ठको माग

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै एमाले सांसद श्रेष्ठले एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको विषयमा आपत्ति जनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेका हुन् । उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उनले माग गरे ।

‘नेपाली कांग्रेसका दलका नेता रमेशजंग रायमाझीले अभिव्यक्ति राख्ने शिलशिलामा जुन खालका शब्द प्रयोग गर्नुभएको छ । त्यस शब्दप्रति हामी दुःख व्यक्त गर्न चाहान्छौ, त्यसप्रछि हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । पहिलो दिन भएको हुनाले आपत्ति जनाएनौ, पूर्वउपप्रधानमन्त्री नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सन्दर्भमा हाम्रो पार्टी अध्यक्षलाई जाडेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनको निम्ति माग गर्न चाहान्छु ।’  सांसद श्रेष्ठले भने ।

एमालेले पार्टीगत रुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने भए सोही अनुसार निर्णय लिने आश्वासन दिएपछि सभाको काम कारबाही अगाडि बढेको छ ।