
काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कपडा खोलेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले आकाश्मिक समय माग गरेका थिए । बैठकमा बोल्ने समय नपाएपछि उनले कपडा खोलेर विरोध जनाएका हुन् । उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।
शून्य समयमा बोल्ने नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले कपडा खोल्ने सांसद सिंहको स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् ।
सांसद सिंह अहिले प्रतिनिधि सभाबाट बाहिरिएका छन् ।

संसद बैठक भने चलिरहेको छ ।















प्रतिक्रिया