३० कार्तिक २०८३, सोमबार

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । देशमा स्थानीय र पश्चिमी वायुको समान्य प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक देखि मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बाँकी अन्य प्रदेशहरुमा भने मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सोमवार सामान्य हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य मौसम बदली रहनाले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।