३० कार्तिक २०८३, सोमबार

संवैधानिक परिषद्को बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ ।

बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि संवैधानिक परिषद्को बैठक बेलाइएको हो ।

यसअघि प्रधानन्यायाधीश सिफारिसका लागि वैशाख ६ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको थियो ।