
काठमाडौं, २४ वैशाख । मधेश प्रदेश सभा कार्यव्यवस्था समितिको बैठक आज आइबार बस्ने भएको छ ।
आइतबार दिउँसो एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको मधेश प्रदेश सभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले बताइन् ।
बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमाथि भन्दा विभिन्न समितिहको बारेमा छलफल गर्ने कार्यतालिका रहेको उपसभामुखको भनाइ छ ।
‘प्रदेश सभा बैठकमा सभा भित्र रहेका विभिन्न समितिहरुको बारेमा आज छलफल गर्ने कार्यतालिका छ । प्रदेशको हिउँदे अधिवेशन अत्यको बारेमा पनि छलफल हुन सक्छ ।’ राउतले भनिन् ।
मधेश प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त भएको छैन् ।












प्रतिक्रिया