३० कार्तिक २०८३, सोमबार

एकद्वार विज्ञापन प्रणाली लागू गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री शर्मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकद्वार समानुपातिक विज्ञापन प्रणाली व्यवस्थित गर्न नियमावली निर्माण कार्यमा सरकार लागि परेको बताएकी छिन् ।

आठौँ राष्ट्रिय पत्रिकारिता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आम सञ्चार माध्यामलाई राष्ट्रिय उद्योग सरहको मान्याता दिने विषयमा पनि सरकार गृहकार्यमा रहेको बताएकी छिन् ।

कानूनको प्रभावकारी कार्यन्वयन, असान्दर्भिक कानूनको पुनरावलोकन, आवश्यक कानून निर्माण र सोही अनुसार कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले शुभकामना सन्देशमा भनेकी छिन् ।

उनले भनेकी छिन्, ‘आम सञ्चार माध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेको एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउने लगायतको काम भइसकेको छ । अन्य कानून निर्माणको चरणमा छ । कानूनको प्रभावकारी कार्यन्वयन, असान्दर्भिक कानूनको पुनरावलोकन, आवश्यक कानून निर्माण र सोही अनुसार कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’