४ कार्तिक २०८३, बुधबार

भुटानी शरणार्थी प्रकरणः देउवा पत्नि आरजु र पूर्वगृहमन्त्री खाणले घुस लिएको अडिओ सार्वजनिक

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको अडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको अडिओमा आरजुलाई साढे दुई करोड र तत्कालिन गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप स्पष्ट सुन्न सकिन्छ ।

अडिओ पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गरेका हुन् ।

‘सन्देश शर्मा भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मञ्जु खाँडलाई ६ करोड दिएको फोन वार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो विशेष सुत्र बाट पत्ता लागेको छ । यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् ।’ पूर्वमन्त्री बस्नेतले भनेका छन् ।

उनले प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् भन्दै अडिओ सार्वजनिक गरिएको बताएका छन् ।

बस्नेतले प्रकरणमा संलग्न देखिएका आरजु र पूर्वमन्त्री खाँड दम्पत्ती विरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसके प्रधानमन्त्री र गृहमन्त्रीलाई पदबाट राजीनामा दिन समेत भनेका छन् ।

यस्तो छ पूर्वमन्त्री बस्नेतले फेसबुकमा सार्वजनिक गरेको अडिओः