
काठमाडौं, २४ वैशाख । रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे को उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा ओसासुनालाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस वर्षको कोपा डेल रे को उपाधि जितेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल रोड्रीगोले गरेका थिए । उनले खेलको दोस्रो र ७०औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै ओसासुनाका लागि लुकास टोरोले एक गोल फर्काएका थिए ।
रियलले यसअघि सन् २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।















प्रतिक्रिया