३० कार्तिक २०८३, सोमबार

यस्तो छ आजको मौसम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । हाल स्थानीय वायुको सामान्य प्रभाव रहेकाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रहनाले बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पनि एक–दुई स्थानहरूमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

त्यस्तै आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहने तथा मौसम सामान्यतया सफा रहने भए पनि अन्य प्रदेशका उच्च पहाडी स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।