२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङबीच समझदारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच सेवा आदान–प्रदानसम्बन्धी समझदारी भएको छ ।

समझदारीपछि सिटिजन्स बैंकका कार्डबाहकहरूले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।