२ कार्तिक २०८३, सोमबार

सुडानबाट १३ जना नेपाल आइपुगे

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । सुडानबाट १३ जना नेपाली नेपाल आइपुगेका छन् ।

कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्‍याइएका १९ जनामा १३ जना आज नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

६ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एकजना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ । अन्य १२ जनामध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन् ।

तीनै जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भइसकेको छ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ ।

उद्धार प्रकृयामा सहयोग पुर्‍याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति नेपाल सरकारले धन्यवाद प्रकट गरेको छ ।