
काठमाडौं, २१ वैशाख । पछिल्लो केही दिनयता नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समाचार सामग्रीका कारण यतिखेर नेपाली राजनीतिक वृत्त तरङ्गित भइरहेको छ ।
तर, आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई प्रधानमन्त्री बनाउने कुरा कतै नगरेको भन्दै समाचारमा आएका विषयलाई ठाडै अस्वीकार गरेका छन् ।
आज बिहीबार सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिदै ओलीले रविलाई प्रधानमन्त्रीको अफरबारे अनविज्ञता प्रकट गरेका हुन् । त्यतिमात्र होइन समाचारहरूमा विषय आएपछि मात्रै आफूले थाहा पाएको उनले प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि बाहिरिने क्रममा उनले पत्रकारहरूलाई जवाफ दिदै भने, ‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको प्रधानमन्द्यत्री प्रचण्डसँगको भेटमा भने समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको उनले बताएका छन् ।
तर, ओलीले अस्वीकार गरे पनि वर्तमान सत्ता गठबन्धन भत्काउने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने विषय जबरजस्त रुपमा बलियो बन्दै गएको छ । यसबाट सत्ता गठबन्धनलाई अर्को गठबन्धनको चिन्ता थपिएको छ ।
त्यसो त गृह मन्त्रालयबाहेक अरु मन्त्रालय लिएर सरकारमा नफर्किने रवि लामिछाने नेतृत्वको रास्वपाको अडानका कारण पनि गठबन्धन समस्यामा पर्ने खतरा पैदा भएको छ । रविलाई पुन: गृहमन्त्री बनाउन तयार नबनेका प्रधानमन्त्री प्रचण्ड रविकै कारण आफ्नो सरकार ढल्ने हो कि भन्ने चिन्तामा रहेको पाउन सकिन्छ ।













प्रतिक्रिया