२९ आश्विन २०८३, बिहिबार

भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरौँ, छानबिनमा सहयोग गरौँ : विष्णु रिमाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणलाई राजनीति गर्न नहुने बताएका छन् ।

कुनै पनि प्रकणरणमा मुछिएकाहरू कानुन भन्दा माथि नहुने बताउँदै उनले दोषीलाई कानुनी कठघरामा ल्याउने र निर्दोष फस्ने वातावरण तयार गर्न सबैले छानबिनमा सघाउनुपर्ने बताएका छन् ।

आज बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न । निर्दोष नफसुन, कोही दोषी नउम्किउन । छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ ।’