३० कार्तिक २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणः सन्दीपलाई काठमाडौं ल्याइयो, अदालत लगिदैँ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी परिसरले उनी विरुद्ध म्याद थपका लागि आवश्यक तयारी गरिरहेको छ । प्रहरी परिसरका अनुसार उनी विरुद्ध आज बिहीबारनै जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप हुनेछ ।

म्याद थपका लागि उनलाई बिहीबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो । उनलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरेको थियो । उनी विरुद्ध प्रहरीले बुधबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम सिजालले रायमाझीलाई काठमाडौं ल्याइएको र म्याद थपका लागि आवश्यक प्रकिया सुरु भएको बताए । उनले भने,‘सन्दीप रायमाफीलाई काठमाडौं ल्याइएको छ । उनी अहिले हाम्रो हिसातमा छन् । म्याद थपका लागि आवश्यक कागजात मिलाउने काम भइरहेको छ । उनलाई आजै म्याद थपका लागि अदालत लगिनेछ ।’

सन्दीप एमाले सचिव टोपबहादुर रायमाझीका छोरा हुन् । पूर्वउप्रधानमन्त्री समेत रहेका उनी विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद् समेत हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलबार नै पक्राउ गरेको छ ।

त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेका थियो ।

प्रहरीले पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।