३० कार्तिक २०८३, सोमबार

आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेकाले बिहीबार देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानै देखि मौसम सामान्य बदली रहेकाले कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान मशाहाखाले उल्लेख गरेको छ ।

पहाडी भू-भागमा मौसम आंशिक देखि सामान्य बदली रहनाले राती पनि उच्च पहाडी स्थानका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।