
काठमाडौं, २१ वैशाख । ओजस थिएटरमा लेखक तथा निर्देशक रविन दोङको नाटक ‘मृत्यु कुण्ड’ को प्रर्दशन सुरु भएको छ ।
बुधबार ओसज थिएटरमा एक विशेष प्रस्तुतिका बीच मृत्यु कुण्डको प्रर्दशन थालिएको हो । नाटकमा विशाल महर्जन, अजय बान्तावा राई, सविना तामाङ, विवेक घिमीरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार लगायतका कलाकारहरुको नाटक हेर्न सकिने छ ।
लेखक तथा निर्देशक दोङले, नाटकमा तत्कालिन अवस्थामा युवाहरुले भोगिरहेका समस्या र नेपाली समाजको मनोविज्ञान समेट्न खोजिएको बताए । उनले भने ‘मैले त्यही समाजको कुरालाई ल्याउने प्रयास गरेको छु वर्तमान अवस्थामा वैैदेशिक रोजगारको अवस्था यूवाहरु पलायन हुनु परेको धेरै यूवाहरु देशमा टिक्न नसकेको र उनीहरुले देश फर्केपछि के भन्छन् । युवालाई देशमा रोक्न सरकारले के गर्नु पथ्र्यो भन्ने कुरा उठाएको छु ।’
उनले नाटक मार्फत सरकारको नेतृत्वमा बसेका नेताहरुलाई प्रश्न गर्ने कोसिस गरिएको बताए । उनले पछिल्लो समय नाटकलाई माया गर्ने दर्शक बढ्दै गएको भन्दै यो नाटकलाई पनि दर्शकले सहयोग गर्ने अपेक्षा गरे । उनले भने ‘विस्तारै नाटकको दर्शकहरु पनि बढ्दैछन् । फिल्मको जस्तो ठूलो दुनियाँ त छैन् । तर नाटकलाई माया गर्ने मानीसले माया गर्नु हुन्छ भन्ने आशा छ ।’
बुधबार देखि सुरु भएको नाटक जेठ १५ गतेसम्म प्रस्तुत हुने आयोजकले जनाएको छ । नियमित दिनमा प्रति टिकटको ३०० रुपैयाँ र विद्यार्थीका लागि प्रति टिकट २५० रुपैयाँ तोकिएको छ । बुधबार भने २ सय रुपैयाँमा नाटक हेर्न सकिने आयोजकले जनाएको छ ।















प्रतिक्रिया