३० कार्तिक २०८३, सोमबार

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध: मुख्यमन्त्री यादव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रपुर (रौतहट), २१ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा उनले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानून निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उनले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा रु एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिए ।

कार्यक्रममा रौतहटका सांसद देवप्रसाद तिमल्सिना, प्रदेशसभा सदस्य युवराज भट्टराईलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउन जोड दिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।