![]()
दार्चुला, १९ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ भोमिनको हिमपहिरोमा पाँच जना पुरिएका छन् भने सात जना भागेर ज्यान जोगाएका छन् ।
हालसम्मको जानकारी अनुसार यार्सा सङ्कलन गर्न गएका र एउटै पालभित्र बसेका १२ जना पहिरोमा परेका छन् ।
हिमपहिरो आउनेबित्तिकै ७ जना भाग्न सफल भएको र पाँच जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ । पुरिएकामध्ये चार महिला र एक जना पुरुष छन् ।
पुरिएकाहरुको सकुशल उद्धार गर्ने प्रयास जारी छ ।
छाङरुबाट डीएसपीको सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा खटिएको ३० जनाको टोलीले घटनास्थलमा उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।














प्रतिक्रिया