
काठमाडौं, १९ वैशाख । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले दुवै पुरस्कारका लागि आवेदन आह्वान गरिएको बताए ।
‘पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा उपयुक्त व्यक्तिले फाउण्डेशनले उपलब्ध गराएको आवेदन फाराम भरी व्यक्ति स्वयम्ले आवेदन दिन सकिने छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कारका लागि उपयुक्त व्यक्तिको सिफारिसका लागि सिफारिस गर्ने व्यक्ति वा संस्थाले पनि उपलब्ध गराएको आवेदन फाराम भरी सिफारिस गरिदिन सम्बन्धित सबैलाई आह्वान गरिएको छ ।
आवेदन फाराम फाउण्डेशनको वेबसाइटमा पाउन सकिन्छ । उक्त आवेदन फाराम जेठ २५ गतेसम्म [email protected] पठाउन अनुरोध गरिएको छ । आवेदनको आधारमा दुवै पुरस्कार मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने छ ।
फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७९ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई दुई वटा राष्ट्रिय पुरस्कार प्रदान गरिदै छ । दुवै पुरस्कारको राशी दश हजार रुपैयाँ राखिएको छ ।














प्रतिक्रिया