३० कार्तिक २०८३, सोमबार

वेवास्था गर्ने लापरवाह सरकार मलाई मञ्जुर छैन्: गगन थापा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले जवाफदेही सरकारको अपेक्षा गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि कुराको वेवास्था गर्ने सरकार आफुलाई मञ्जुर नभएको बताए ।

‘समृद्धि समृद्धि भन्दै गर्दा त्यो बहसले सामाजिक न्यायको कुरालाई पछाडि धकेलिदिएको छ । नेपालमा अहिले कस्तो सरकार छ नेपाल ट्रेड युनियन कांग्रेसलाई केही मतलव हुने भएन् । नेपाल ट्रेड युनियन कांंग्रेसलाई नेपाली कांंग्रेस सरकारमा छ की छैन् भनेर मतलव हुनु भएन् । त्यसलाई ओझेलमा पारिदियो । मलाई जवाफदेही सरकार चाहिन्छ वेवास्ता गर्ने सरकार मलाई मञ्जुर छैन् ।’

नेपाल ट्रेड युनियन कांग्रेसले केही दिनमा बन्दै गरेको बजेटमा माग पत्र लगेर न्यूनतम ज्याला पुनरावलोकनको सन्दर्भमा मिति नतोके सडक संघर्ष गर्ने भनेर बोल्न सक्नु पर्ने उनको सुझाव छ ।