२९ आश्विन २०८३, बिहिबार

काठमाडौंको दक्षिणकालीमा १२ वर्षीया बालिका बलात्कृत

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

काठमाडौं, १८ वैशाख । काठमाडौंको दक्षिणकालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिका बलात्कारको आरोपमा दक्षिणकाली नगरपालिका–८ छैमले घर भएका ३७ वर्षीय पूर्णबहादुर बलामीलाई प्रहरीले पक्राउ गरेको छ ।

बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।