२९ आश्विन २०८३, बिहिबार

लोकतन्त्र मास्न खोज्ने तत्वहरू सक्रिय भए, जनता सचेत हुने बेला आयो : केपी ओली (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध अनेक प्रकारका तत्वहरु सक्रिय हुन थालेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अनेक प्रकारका तत्वहरु लोकतन्त्रलाई मास्न अनुकुल अवस्था आयो कि आएन भनेर चिहाउन थालेको भन्दै नेपाली जनता सजक हुनुपर्ने बताएका हुन् ।

उनले अहिलेको सरकार सरकारमा किन बसिरहेको छ भन्ने नै प्रष्ट हुन नसकेको धारणा व्यक्त गर्दै सिंहदरबारको फोहोर उठाउने काम महानगरको नभएको तर्क गरे । सरकारले फोहोरमाथि राजनीति गर्न खोजेको आरोप अध्यक्ष ओलीको छ ।

ओलीले एमालेले सरकार छाडेको दुई वर्ष नपुग्दै मुलुकको अर्थतन्त्र तहसनहस भएको जिकिर गरे । उनले सार्वजनिक सम्पत्तिका रुपमा मुलुकका ठूला उद्योगहरुर्लाइ निजीकरणका नाममा कौडीका मोलमा बेचेर देशलाई टाट पल्टाउने काम हिजो भएको र आज पनि हुन खोजेकाले यसलाई रोक्नुपर्ने बताए ।

ओलीले औपचारिक तथा अनौपचारिक क्षेत्रमा योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गरेको भन्दै विदेशमा रोजगारी गर्ने नेपालीहरुलाई योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।