२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डको दाबी : सरकार फेरिने कुरा भ्रम हो, रास्वपा पनि सरकारमा आउँदैछ (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्ष सम्मै चल्ने दाबी गरेका छन् ।

आज सोमबार प्रेस सेन्टर नेपाल चितवनले भरतपुरमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।

उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत वर्तमान सरकारमा सहभागी हुने तयारी भइरहेको दाबी गरेका छन् । सरकारमा आउनेबारे रास्वपा सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिवद्धता जनाइएको जानकारी दिए । उनले महावीर पुन आफूसँग सल्लाह गरेर नै माइतीघर मण्डलामा धर्नामा बसेको जिकिर गरेका छन् ।