३० कार्तिक २०८३, सोमबार

नेपाललाई पहिलो सफलता, युएईका कप्तान मोहम्मद वासिम आउट

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम नेपाललाई पहिलो सफलता मिलेको छ ।

टस जितेर युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । उनले युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका हुन् ।  वासिमले ८ बलमा ११ रन बनाएका थिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ३.१ ओभरमा युएईले एक विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ ।