
काठमाडौं, २७ वैशाख । विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्याकारी अधिकृत हरी बहादुर बुढाथोकीले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालय मार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका साथै ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन् ।
नेपाल रेमिट इन्टरनेशनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्कमार्फत सहजै रेमिट्यान्स भुक्तानी लिन सकिने बताइएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत बाग्लुङ नगरपालिकामा ५ जिल्लास्तरीय विकास बैंकका रूपमा ‘संवृद्धिका लागि साझेदारी’ भन्ने नाराका साथ स्थापना भएको विकास बैंक हो । बैंकले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै यो बैंक बाग्लुङ जिल्लाका पहिलो स्थानीय विकास बैंक पनि हो ।














प्रतिक्रिया