२९ आश्विन २०८३, बिहिबार

यी सात जनालाई चलचित्र पत्रकार संघले सम्मान र पुरस्कृत गर्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । चलचित्र पत्रकार संघ नेपालले सात जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालको २४औं वार्षिकोत्सवमा सात जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय संघले गरेको हो ।

संघको आज आइतबार काठमाडौंमा सम्पन्न बैठकको निर्णय अनुसार संघको शाखाहरुबाट सिफारिस भएका व्यक्तिहरूमध्ये चितवन शाखाका निवर्तमान अध्यक्ष रवी अधिकारीलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गरिने भएको छ । यो पुरस्कारका लागि नगद २५ हजार राशी रहेको छ ।

यस्तै चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएकी श्रृष्टि पोखरेललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान निर्णय गरिएको छ । यो पुरस्कारका लागि एउटा ल्यापटप व्यवस्था गरेको छ ।

यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० का लागि कुबेर डंगोल र दीपज्योति थापालाई प्रदान गर्ने निर्णय संघले गरेको छ । पुरस्कार राशीमा एकाउन्न हजार नगद रहेको छ । डंगोल र थापा विगत देढ दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका छन् ।

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० का लागि विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार तुलसी गिरी भावुक र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ ।

यसैगरी २५ वर्षको निरन्तर चलचित्र पत्रकारिता यात्रा र २३ वर्षदेखि संघमा निरन्तर सक्रिय रहँदै आएका बरिष्ठ चलचित्र पत्रकार, संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष शान्तिप्रियलाई नगद राशी ५५ हजार पाँच सय ५५ सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० प्रदान गरिने भएको छ ।

यस्तै संघले पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका कृयाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ ।