२९ आश्विन २०८३, बिहिबार

भक्तपुरमा एकैजनाबाट दुई जना किशोरी बलात्कृत, को हुन् बलात्कारी ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ वैशाख । भक्तपुरको कमलविनायकमा एक जना पुरुषले दुई जना किशारीलाई बलात्कार गरेका छन् ।

१४ वर्षीया दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ पक्राउ गरेको छ ।

तामाङले शुक्रबार राति भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित एक होटेलमा लगेर ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाईफकाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

पीडित किशोरीको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो । उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।