३० आश्विन २०८३, शुक्रबार

कारखानामा ग्यास चुहिएर आगलागी हुँदा नौ जनाको मृत्यु, एघार जना अचेत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुधियाना ‘पञ्जाब’, १७ वैशाख । भारतको पञ्जाबस्थित राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिएर आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ) को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ ।

एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् ।

घटनाबारे थप अनुसन्धान जारी छ ।