
काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन-२ को उपनिर्वाचनबाट निर्वाचित लामिछानेलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
केहिदिनअघि रास्वपाका सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीचको आजको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ।












प्रतिक्रिया