
काठमाडौं, १७ वैशाख । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारी आज आइतबार स्वदेश फर्कने भएका छन् ।
भण्डारी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।
गत फागुन ३ गते राति आफ्नै निवास काठमाडौंको बुद्धनगरमा ग्यास लिक भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए । आगलागीमा भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।
नेता भण्डारी भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् ।
भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । उनी बोल्न र हिँड्न थालेका छन् ।
भण्डारीको बाँकी उपचार नेपालमा नै हुने उनको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया