२ कार्तिक २०८३, सोमबार

धूमपान गरेको सहपाठीले देखेपछि…

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १७ वैशाख । नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटपिट गरेर मारेका छन् ।

आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटपिट गरेर हत्या गरेका प्रहरीले जनाएको छ ।

शुक्रबार एमसिडी विद्यालयका कक्षा ८ का छात्रको शव नालामा भेटिएपछि हत्याको रहस्य खुलेको हो ।

आफ्नै सहपाठीलाई कुटपिट गरेर मारेको अभियागमा प्रहरीले दुवै जना अभियुक्तलाई पक्राउ गरेको छ ।

विद्यालय परिसरमा धूमपान गरेको देखेका उनले विद्यालय प्रशासनलाई त्यसबारेमा जानकारी दिने बताएपछि अभियुक्तद्वयले निजलाई प्रलोभनमा पारेर सुनसान स्थानमा बोलाएका थिए ।

उनीहरूले निजलाई लट्ठीजस्तो कुनै भुत्ते वस्तुले बारम्बार टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट ज्ञात भएको छ । अभियुक्तहरूलाई बाल न्याय कार्यालयमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ । एएनआई