२९ आश्विन २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकले गर्‍यो घरदैलो कार्यक्रम (फोटो फिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । मुक्तिनाथ विकास बैंकले वृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्र बैंकको चालू आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका रुपमा मनाउने अभियान सुरू गरेसँगै बैंकले हिजो शुक्रबार र आज शनिबार घरदैलो कार्यक्रम गरेको हो ।

सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा ग्राहकहरूमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकको वृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैला कार्यक्रम देशभरका विभिन्न विद्यालय, कलेजहरू, सामुदायिक केन्द्रहरू र अन्य सार्वजजिक स्थलमा आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुल नारा बोकेको बंैकले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरूको समेत सहभागिता थियो ।

यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थीहरु, जनमानस तथा ग्राहकहरूमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनसम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ ।

हेरौँ कार्यक्रमका थप तस्वीरहरू–