
झापा, १६ वैशाख । झापामा ६० वर्षीया महिला बलात्कृत भएकी छिन् ।
महिलालाई बलात्कार गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–९ बाईस बिगे बस्ने ६४ वर्षीय शेरबहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया