
काठमाडौं, १६ वैशाख । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
उनीहरुले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । वर्तमान सरकारले नीतिगत भ्रष्टाचार सुरू गरेको आरोप युवा संघको छ ।

प्रदर्शनमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर, भ्रष्टाचार अन्त्य गरलगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै उनीहरुले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।















प्रतिक्रिया