२९ आश्विन २०८३, बिहिबार

एसीसी प्रिमियर कप : करण केसीले लिए महत्वपूर्ण पाँच विकेट, कुवेतमाथि तीव्र दबाब

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा नेपालका बलर करण केसीले महत्वपूर्ण पाँच विकेट लिएका छन् ।

टीयू क्रिकेट मैदान कीतिपुरमा जारी प्रतिस्पर्धामा अहिले नेपालले बलिङ गरिरहेको छ । बलिङका क्रममा केसीले महत्वपूर्ण पाँच र सोमपाल कामीले एक विकेट लिएका हुन् ।

केसीले कुवेतका व्याट्सम्यानहरू मोहम्मद अस्लाम, शिराज खान, रविजा सन्दरुवान, मीट भाव्सार र अदनन इद्रिस लाई आउटे गरे भने कामीले प्रविन्दर कुमारलाई आउट गरेका छन् ।

नेपालद्वारा २८२ रनको विजयी लक्ष्य पाएको कुवेतले अहिलेसम्म निर्धारित ४२ ओभरमध्ये ८.३ ओभर खेलेर महत्वपूर्ण ६ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

जितका लागि कुवेतलाई ३३.३ ओभरमा २४४ रन आवश्यक छ । अहिले वर्षाका कारण खेल स्थगित भएको छ ।