
काठमाडौं, १६ वैशाख । धनगढीमा एक बुबाले छोराको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।
चौधरीले छोराको टाउकोमा प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।















प्रतिक्रिया