२९ आश्विन २०८३, बिहिबार

नेपालले कुवेतलाई दियो २८२ रनको विजयी लक्ष्य

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो ।

खेलमा कप्तान रोहित पौडेल सर्वाधिक ९४ रन र कुशल मल्लको अर्धशतक बनाए ।

वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको थियो ।

अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ भने प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।