
काठमाडौं, १५ वैशाख । अयोग्य लडाकुहरूलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले रकम वितरण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
यस्तै, शान्तिसुरक्षासँग सम्बिन्धत विभिन्न घटनाहरू बढेको र सरकारले त्यस विषयमा चासो नदिएकोतर्फ आम चासो र चिन्ता पैदा भएको छ । खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिनयता लगातार हमलाको प्रयास र अवरोध हुनु, काठमाडौंजस्तो व्यस्त सहरमा दिउँसै छुरी हानेर मान्छे मारिनुलगायत घटनाले सुरक्षा चिन्ता बढाएको राजनीतिक दल र आम नागरिकको बुझाइ छ ।
यस्तै आज राति १२ बजेदेखि प्रतिनिधि सभाको हिउँदे अधिवेशन समाप्त हुँदैछ भने यस अवधिमा संसदबाट उल्लेख्य र प्रभावकारी काम हुन नसकेको र त्यसमा सरकार दोषी रहेको चर्चा पनि भइरहेको छ ।
हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया