२९ आश्विन २०८३, बिहिबार

‘केपी ओलीमाथि सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर कुकर्म गरियो’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रुपन्देही, १५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमण प्रयास भएको घटनाप्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवम् भत्र्सना गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा ‘कोशी प्रदेश’को नामाकरण संविधान र कानुनबमोजिम प्रक्रियागत ढंगले टुंगो लागिसकेको विषयमा सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारका कुकर्म गर्नु आपत्तिजनक र खेदजनक भएको उल्लेख गरिएको छ ।

‘नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा को २ ले गरेको व्यवस्था अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने गरी व्यवस्था गरिएकोतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधानअनुरुप प्रदेश सभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेवार ब्यक्तिले गलत भएको अभिब्यक्ति दिनुले प्रदेशसभाको निर्णयलाई अवमूल्यन गरेको र अराजक तथा उदण्डतालाई प्रश्रय दिदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्यको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कम हुने विज्ञप्तिमा उल्लेख छ ।

गैरजिम्मेवार अभिब्यक्तिमार्फत् सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा माफी माग्न,अपराधिकरणतर्फ उन्मुख ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरी कानुनी शासनको प्रत्याभूति गराउन एमालेका दुवै कमिटीले माग गरेका छन् ।