
काठमाडौं, १५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९२५ जनाको स्वाब परीक्षण गर्दा १०३ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र एक हजार २९८ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५३ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७५ जना छ । सक्रिय सङ्क्रमितमध्ये २६ जना आइसोलेसन, ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २९ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया