
काठमाडौं, १५ वैशाख । नेकपा एमालेले मुलुकको शान्ति सुरक्षा नाजुक अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सत्तादलका कार्यकर्ताहरुले नै एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण गरेको र मुलुकको शान्ति सुरक्षा नाजुक अवस्थामा रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने मााग गरेका हुन् ।
उनले गृहमन्त्रीले सदनमा जवाफ दिने तर आक्रमण नरोकिने क्रम रहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने धारणा उनको छ । गृहमन्त्रीको प्रवचन सुन्ने चाहना नभएको र जनतालाई शान्ति सुरक्षा चाहिएको जिकिर उपाध्यक्ष पौडेलले गरे ।
उनले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरे ।
उपाध्यक्ष पौडेलले केही दिनअघि काठमाडौँमा मिरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरे ।















प्रतिक्रिया