३० आश्विन २०८३, शुक्रबार

नक्कली नोटसहित दुईजना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख। प्रहरीले ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे छन् ।

प्रहरीले सुरेशको साथबाट १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरेको छ ।

भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । गोदावरीमा रहेको भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ ।

गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किन्दा सुरेश तामाङले नक्कली नोट दिएका थिए ।