२९ आश्विन २०८३, बिहिबार

रास्वपाका दुई सांसदले लिए शपथ, उपेन्द्र यादवले किन लिएनन् सपथ ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव अहिले काठमाडौं बाहिर रहेका बारण शपथमा अनुपस्थित रहेको बताइएको छ ।