
कास्की, १५ वैशाख । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
शुक्रबार दिउँसो साँढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हन् ।
कांग्रेस र माओवादी केन्द्रबीच गण्डकीमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार पहिलो चरणमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बनेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।
विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ गठबन्धनको सरकार बनेको हो ।












प्रतिक्रिया