३० कार्तिक २०८३, सोमबार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रबार पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी बिहीबार नेकपा (माओवादी केन्द्र) सहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा (एमाले)का लिला गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरेका थिए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका चार/चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक जना सदस्य रहेका छन् ।